HOME

Home » Tipan/Tapan

Category Archives: Tipan/Tapan

शहिद

It’s been a long time; I have not written any poem. However, I found this poem in my notebook, which was written in my high school time (Probably in 1997/98). I just copied without any changes!!

ए क्रान्तिका विर योद्याहरु हो
 तिमिहरुले दिएको वलिदान
 आज सामन्तहरुको ठगी खांने भांडो भएको छ ।
 राष्ट्यि स्वतन्त्रताको नारा वोक्नेहरु
 गरीव जनताको रगत चुसेर
 नरपिचास झैं टाउको उठाई रहेका छन् ।
 हाम्रा शहिदका सपनालाई
 कुठाराघात गरी फुलको महलमा समाजसेवीहरु
 शहिदका छातिमा टाप बर्षाई रहेछन ।

न्यायको पर्दालाई धुजा धुजा पारेर
 देशमा समानताको वदलामा
 अन्यायको जालो फिंजाई रहेछन ।

 ए निमुखा जनताहरु हो ।
 तिम्रा साहुका परियोजनाहरुले
 तिम्रा नाउंमा ठगी गरीरहेछन ।
 
ए मानव अधिकारवादी संगठनहरु
 तिमिहरुको कथित संघर्ष
 तिनै गरीबलाई पिएर लत्याईएको छ ।

ए महिला अधिकारवादी सरोकारवालाहरु
 तिमिहरुको समानताको लडाई
 समग्रमा निष्प्रभावी सावित भएको छ ।

ए बालअधिकारवादी कार्यकर्ताहरु
 तिमीहरुको मिहेनत र योजना
 यहां हत्या र आतंकवाट निरर्थक पारीएको छ ।

ए प्रजातान्त्रिक आन्दोलनका सपुतहरु
 तिम्रा प्रजातन्त्र प्रतिको निष्ठा
 आज सार्वजनिक दमनमा परिणत भएको छ ।

ए सांस्कृतिक संवाहक गाएक र संगितज्ञहरु
 तिम्रा स्वर र मिठासहरु
 आज छाडा संस्कृतिले निसासीई रहेको छ ।

त्यसैले, हे यो देशका नेता तथा प्रशासकहरु
 कति टेवुलमा मुन्टो राखेर निदाउंछौ
 व्युंझिएर हेर, यहां त अति भईसकेको छ ।