It’s been a long time; I have not written any poem. However, I found this poem in my notebook, which was written in my high school time (Probably in 1997/98). I just copied without any changes!!
ए क्रान्तिका विर योद्याहरु हो तिमिहरुले दिएको वलिदान आज सामन्तहरुको ठगी खांने भांडो भएको छ ।
राष्ट्यि स्वतन्त्रताको नारा वोक्नेहरु गरीव जनताको रगत चुसेर नरपिचास झैं टाउको उठाई रहेका छन् ।
हाम्रा शहिदका सपनालाई कुठाराघात गरी फुलको महलमा समाजसेवीहरु शहिदका छातिमा टाप बर्षाई रहेछन । न्यायको पर्दालाई धुजा धुजा पारेर देशमा समानताको वदलामा अन्यायको जालो फिंजाई रहेछन । ए निमुखा जनताहरु हो । तिम्रा साहुका परियोजनाहरुले तिम्रा नाउंमा ठगी गरीरहेछन । ए मानव अधिकारवादी संगठनहरु तिमिहरुको कथित संघर्ष तिनै गरीबलाई पिएर लत्याईएको छ । ए महिला अधिकारवादी सरोकारवालाहरु तिमिहरुको समानताको लडाई समग्रमा निष्प्रभावी सावित भएको छ । ए बालअधिकारवादी कार्यकर्ताहरु तिमीहरुको मिहेनत र योजना यहां हत्या र आतंकवाट निरर्थक पारीएको छ । ए प्रजातान्त्रिक आन्दोलनका सपुतहरु तिम्रा प्रजातन्त्र प्रतिको निष्ठा आज सार्वजनिक दमनमा परिणत भएको छ । ए सांस्कृतिक संवाहक गाएक र संगितज्ञहरु तिम्रा स्वर र मिठासहरु आज छाडा संस्कृतिले निसासीई रहेको छ । त्यसैले, हे यो देशका नेता तथा प्रशासकहरु कति टेवुलमा मुन्टो राखेर निदाउंछौ व्युंझिएर हेर, यहां त अति भईसकेको छ ।
nice poem Sushil dai !!
LikeLike